काठमाडौं २६ मंसिर । नेकपा भित्र कार्य विभाजनको विषयमा व्यापक असन्तुष्टि पैदा भएको छ । एमाले अध्यक्ष केपी ओलीले एकपक्षीय ढंगले नेताहरुको कार्यविभाजन गरेको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले व्यापक असन्तुष्टि जनाएका छन् ।

भक्तपुरमा शनिबारदेखि चलेको बैठकबाट भएको कार्यविभाजनप्रति १० बुँदे पक्षधर नेताहरु असन्तुष्ट देखिएका छन् । एमाले नेता झपट रावलले सार्वजनिकरुपमै कार्यविभाजन प्रति आक्रोश पोखेका छन् । उनले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने पक्षमा आफूहरुले लामो समयदेखि आवाज उठाउँदै आएपनि केन्द्रीय कमिटी बैठकबाट मनलाग्दी ढंगले जिम्मेवारी बाँडफाँड गर्ने काम भएको बताएका छन् ।

उनले पार्टीमा निरन्तर लागेकाहरुलाई अपमान भएको भएको बताएका छन् । उनले १० बुँदे पक्षधरहरुलाई छानीछानी पाखा लगाउने काम भएको समेत बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।