काठमाडौँ, ६ माघ । लोकसेवा आयोगले परीक्षा स्थगित गरेको छ । कोरोनाभाइरस महामारी तीव्र बनेपछि पूर्वनिर्धारित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरेको हो ।

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । त्यस्तै, संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । अहिलेलाई ति सबै परीक्षा स्थगित गरिएको हो । यसअघि नै विश्वविद्यालयहरुले पनि परीक्षा स्थगित गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।