Saturday, September 19, 2026
19.1 C
Kathmandu
Home ब्यानर प्रचण्डलाई मुद्दा शान्ति सम्झाैता बिथाेल्ने षड्यन्त्र : सरकारकाे प्रवक्ता

प्रचण्डलाई मुद्दा शान्ति सम्झाैता बिथाेल्ने षड्यन्त्र : सरकारकाे प्रवक्ता

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उनको आशंका छ ।

धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरु स्वाभाविक ढंगले भएका छन् ।’

उनले भनेकी छिन्, ‘अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ? म सरकारको तर्फबाट के भन्न चाहान्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौं ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।