काठमाडौं २४ साउन । सरकारले हालै मात्र सय केजी भन्दा बढी सुन बरामद गरेको छ । यसै विषयलाई लिएर एमाले भने निरन्तर संसद अवरोध गर्दै आएको छ । सरकारले एकपछि अर्को भ्रष्टाचारको फाइल खोलेपछि एमाले तर्सिएर निरन्तर संसद अवरुद्ध गरिरहेको हो । सरकार आफैंले नियन्त्रणमा लिएको सुनको विषयमा संसदीय समिति गठन गर्नुपर्ने माग एमालेको छ ।
संसद अवरोधबारे कांग्रेसले विरोध जनाएको छ । यसअघि एमालेकै एजेण्डालाई समर्थन गर्दै आएको राष्टिय स्वतन्त्र पार्टीले समेत संसद अवरोधको विरोध गर्न थालेको छ ।
लगातार एमालेले किन संसद अवरोध गर्दै आएको छ त । एक भिडियो रिपोर्ट
Comments