काठमाडौं २ भदौ । भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक विवादित धीरेन्द्रकृष्ण शास्त्रीले नेपाललाई भारतको अभिन्न अंग भएको अभिव्यक्ति दिएका छन् । सांसद विनोद चौधरीका छोरा तथा चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा शुक्रबार काठमाडौं आइपुगेका उनले नेपाल भारतको अभिन्न अंगको रुपमा अभिव्यक्ति दिएका हुन् ।
शास्त्री हिन्दु धर्मका लागि बन्दुक उठाउन आह्वान गर्ने र मुस्लिमलाई घर फिर्ता पठाउनुपर्ने जस्ता विवादित सार्वजनिक अभिव्यक्ति दिएर भारतमा नै विवादित व्यक्ति हुन् । उनले शुक्रबार नेपाल आउन साथ नेपाल भारतको अभिन्न अंगको रुपमा अभिव्यक्ति दिएका हुन् ।
चौधरी समूहले त्यस्ता विवादित व्यक्ति भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा आजदेखि सुरु हुने कथा वाचना लागि रातो कार्पेट ओछ्याएको छ।
भेडाहरु कुरै नबुझी, जानीबुझी भ्या भ्या गर्दै ताली ठोकी राछन।ठग साधु भन्दै छ नेपाल हमारे भारतका अभिन्न अंग हे।@BinodKChaudhary! तिमीले यहि सुन्न, सुनाउन अनि भेडाहरुलाई यहि बाटो देखाउन यो चटके ठग साधु @DhirendraKrisna लाई ल्याएका हौ।भन्ने हामी त जानकार छौं तर भेडाहरु जानदैनन। pic.twitter.com/ZO4QXaFwVZ
— ✊???? ???????????????? ???????????????????? ☭ (@NextAngle) August 19, 2023
शास्त्रीलाई भारतमा नै हिंसा भड्काउनेमा लागेको अभियोग लाग्ने गरेको छ । उनले सबै हिन्दुलाई एक हुन र धर्म रक्षाका लागि हतियार उठाउन उनले सार्वजनिक अपिल नै गरेका छन् । हिन्दुको घरमाथि पत्थर चलाउनेको घरमाथि बुल्डोजर चलाउनुपर्ने अभिव्यक्ति दिएर उनले खास समुदायविरुद्ध उक्साउने प्रयाससमेत गरेका छन् ।
शास्त्रीले मुस्लिम समुदायलाई लक्षित गर्दै उनीहरूलाई घर फिर्ता पठाउनुपर्ने समेत जनाउने गरेका छन् । शास्त्रीले भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास पनि फैलाउने गरेका छन् ।
धार्मिक सहिष्णुता कायम रहेको र संविधानमा नै धर्मनिरपेक्ष घोषणा गरिएको मुलुकमा यस्ता विवादास्पद व्यक्तिलाई चौधरी समूहले नेपालमा ल्याएको हो । जबकी चौधरी समूह विनोद चौधरीको हो । उनी आफैं सत्तारूढ कंग्रेसका सांसद हुन् । शास्त्री काठमाडौंमा रहेको चौधरीकैभिवान्त होटलमा बसेका थिए । उनले शुक्रबार नै पशुपतिनाथको दर्शन गरेका थिए ।
सांसद विनोद चौधरीका छोरा तथा चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा शास्त्री हिजो शुक्रबार काठमाडौं आईपुगे भने आजदेखि शाश्वत धाममा कथा वाचन गर्नेछन् । उनी कथा वाचन अवधरिभर चौधरी ग्राम परिसरमै बस्नेछन् । भदौ २, ३ र ४ मा कथा वाचन हुने जनाइएको छ ।




