Tuesday, September 15, 2026
19.1 C
Kathmandu
Home मुख्य समाचार पूर्वएआईजी चन्द र तारा बरालबीचको बिहे संकटमा, दुवै जना आरोपप्रत्यारोपमा

पूर्वएआईजी चन्द र तारा बरालबीचको बिहे संकटमा, दुवै जना आरोपप्रत्यारोपमा

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता भनिएकी तारा बरालबीच निकट भविष्यमा हुने भनिएको बिहे संकटमा परेको । बरालसँग बिहे गर्ने कागज गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले आफ्नो बिहे गर्ने योजना नै नभएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै बिहे गर्ने योजना नै रहेको बताएका हुन् ।

केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो । तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको सार्वजनिक रुपमा जनाएका छन् ।

चन्दले फेसबुकमा लगातार स्टाटस लेख्दै बिहे नगर्ने बताउँदै आएकोमा बरालले चन्दको स्टाटसमा कमेन्ट गर्दै यस्तो कुरा नगर्न भनेकी आफैं सिद्धिन लागेको भन्दै चेतावनी समेत दिएकी छिन् ।

उनले चन्दको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘अनरगल वहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्ने होइन, कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर यदि यो पोष्ट आफैँ गरेको भए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएर,वकिलले म कागज लेख्दिन भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर, नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने, प्रेसमिट गर्ने, २/३ जनालाई पव्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन ? मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो, हजुरले हालेको पोष्ट बढि ओभर देखिन्छ भनेर मैले डिलिट गर्न लगाएको सबैले देखेको हैन ? मैले फोटो खिच्न नमानेपछि सञ्जय दाइहरुसहित राखेर खिचेको हैन ? मलाई पटक पटक बोलाएर किन व्ल्याकमेलिङ सर हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस् ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।