काठमाडौं । नेकपा एमाले निकट युवा संघ आवद्ध व्यक्तिहरुले विवादित दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुन आएका महिलाहरुलाई सुतिरहेको बेला मध्यराती उठाएर लखेटेको आरोप लागेको छ ।
युवा संघले महिलाहरुलाई लखेटेको भनिएको भिडियो अहिले सामाजिक सञ्जालहरुमा पोष्ट भएको छ । उक्त भिडियोमा युवाहरुको समूहले ७ गतेको कार्यक्रममा आउनु भएको हो भन्दै सुतिरहेको ठाउँबाट भाग्न निर्देशन दिएको सुनिन्छ । महिलाहरु इटहरीबाट आएको बताउँछन् । सुतिरहेको बेला उठेर जान भनेपछि उनीहरु कपडा लगाउन दिनुहोस् हामी पनि तपाईको दिदिबहिनीहरु जस्तै हो भन्दै ठाउँ छाडेर हिड्दै गरेको भिडियोमा देखिन्छ ।
यता, आन्दोलनको अगुवाई गरिरहेका विवादित व्यक्ति दुर्गा प्रसाई १२ घण्टा अगाडी हिजो साँझ नै आफ्नो फेसबुकमा अभियन्ता साथिहरुलाई प्रबेश नाकामा तथा बसोबास गरेको स्थानमा भाैतिक आक्रमण गर्ने गरी तयारी गरेको भन्ने सुचना आएको भन्दै सचेत रहन आग्रह गरेका थिए भने सोही राती सुतिरहेको बेला महिलालाई उठाएर खेदेको भिडियो सार्वजनिक भएको हो । यसरी सुतेको ठाउँबाट भगाउने व्यक्तिहरु को हो भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।
सामाजिक सञ्जालमा भने युवा संघले सुतिरहेको बेला उठाएर थपाएको भन्दै चर्को आलोचना भइरहेको छ ।
मध्यराति युवासघले जन्ताहरुलाई यसरी लखेटे छन धिक्कार छ???? pic.twitter.com/A1DOaXlqGG
— Bipin Sapkota (@bipinsapkota213) November 21, 2023







