काठमाडौं । इजरायल र हमासबीच शुक्रबारदेखि ४ दिनका लागि युद्धविराम भएसँगै हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी पनि रिहा भएको अनुमान गरिएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले हमासले बन्दी बनाएका १२ जना आफ्ना नागरिकलाई रिहा गरेको बताएका छन् । थाई नागरिकसँगै नेपाली नागरिक जोशी पनि रिहा भएको जनाइएको छ । यस विषयलाई नजिकबाट हेरिरहेका पत्रकार होम कार्कीले बिपिन जोशीसँगै बन्धक वनाएका १२ जना थाई कृषक श्रमिकलाई हमासले रिहाई गरिदिएको जनाएका छन् । जोशीको रिहाईको आधिकारिक पुष्टि हुन बाँकी छ ।
युद्धबिरामको सहमति अनुसार २४ जनालाई हमासले रिहा गरेको छ । रिहा भएका थाई नागरिक उक्त सहमति भन्दा अलग्गै भएको जनाएको छ ।
Comments







