काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् । पत्रकार सम्मेलनमा घाइते भएकाेेले फर्कन चाहे पनि नसकेकाे बताएका छन् ।
उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएको र उनका २ पटक भाग्ने प्रयास गरेपनि दुबै पटक रुसी सेनाले समाएर लगेेेकाे बताइन् ।
सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताए ।
खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् ।
पत्रकार सम्मेलनमा रुसी सेनामा भागेर आएका सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने बताए ।