काठमाडौं । प्रहरीले व्यवसायी बिनाेद चाैधरीका *भाई अरुण चौधरीलाई पक्राउ गरेकाे छ । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । *सच्याइएकाे
Comments







