काठमाडौं । कैलालीको टीकापुरमा गैरकानुनी रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ ।

उक्त मुद्दामा साढे दुई सयभन्दा बढीलाई प्रतिवादी बनाइएको छ । टीकापुर बजार क्षेत्रको करिब ६०० कट्ठा सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको अख्तियारले जनाएको छ । यो घटनामा सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारी संलग्न रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।