भक्तपुर । भक्तपुरको चाँगु नारायण नगरपालिकाले सेवाग्राहीका लागि व्यवसाय दर्ता तथा नविकरणमा विशेष छुट योजना ल्याएको छ ।
नगरसभाको सत्रौं बैठकद्धारा आर्थिक ऐन, २०८२ पारित गर्दै नगरपालिकाले पालिकाभित्र व्यवसाय सञ्चालन गरी बसेका तर व्यवसाय दर्ता नभएका व्यवसायहरु असोज मसान्तभित्र दर्ता नियमित हुन आएमा एक पटका लागि जति पुरानो भएपनि आ.व २०७७/७८ देखिको मात्र व्यवसाय दर्ता वा नविकरण्को शुल्क लिई दर्ता नियमित गर्न सकिने व्यवस्था गरेको हो ।
यसरी दर्ता गरेमा व्यवसाय दर्ता/नविकरण हुने सम्पूर्ण व्यवसायहरुको विगतदेखि हालसम्मको जरिवाना समेत छुट गर्ने निर्णय समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठद्धारा जारी सुचनामा भनिएको छ ।
नगरपालिकाको यस निर्णयसँगै लामो समयदेखि सञ्चालन गरेका तर व्यवसाय दर्ता तथा नविकरण नभएका व्यवसायलाई राहत पुग्ने देखिएको छ भने नगरपालिकाको आयमा समेत वृद्धि हुने देखिएको छ ।

