काठमाडाै । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार तोलाको ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।