काठमाडौं । निजामती कर्मचारी, सेना, प्रहरी तथा शिक्षक लगायत सञ्चयकर्ताको निक्षेप सुरक्षित राख्नुपर्ने मुख्य जिम्मेवारी बोकेको कर्मचारी सञ्चय कोषमा एक वर्षमा भ्रमणको नाममा नै डेढ करोड बढी सकिएको छ ।
कोषको लगानी नीति, कर्जा प्रवाहमा अपारदर्शिता, भवन निर्माणमा अनियमितता तथा शेयर लगानीका विषयमा पनि प्रश्न उठ्न थालेको छ । कोष व्यवस्थापन, सञ्चालक तथा उच्च तहका कर्मचारीको ध्यान भने स्वेदश तथा विदेश भ्रमण मोहमा नै बढी देखिएको हो ।
आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार कोषले १ करोड ७३ लाख २९ हजार ६८ रुपैयाँ भ्रमण शिर्षकमा सकाएको हो ।
भ्रमणमा पनि इमान्दार र कर्तव्यनिष्ट कर्मचारी भन्दा पनि आफू निकटका र ज्यू हजुर गर्नेलाई मात्रै प्राथमिकता दिने गरेको समेत कोषभित्रैका कर्मचारीको गुनासो छ ।
याे पनि पढ्नुहाेस् – कर्मचारी सञ्चय कोषका प्रशासक धितालले बुझ्छन् वर्षको ४१ लाख तलब, आधा दर्जनबाट भत्ता पनि








