काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओमा झन्डै ६ लाखले आवेदन दिएका छन् । बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्काशन गरेको दोस्रो कम्पनी रिलायन्स स्पिनिङमा अन्तिम दिनसम्म ५ लाख ८३ हजार ८ सय ९६ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ अन्तिम दिनसम्म २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको ३ करोड ५ लाख ४ हजार ८ सय कित्ता शेयर माग परेको छ । कम्पनीले ९ लाख २४ हजार ७ सय ६८ कित्ताको लागि मात्र आवेदन माग गरेको थियो । आईपीओमा माग भन्दा ३२.९८ गुणा बढी आवेदन परेको छ ।
Comments







