Sunday, August 9, 2026
Home समाज तरकारी फलफूल सहकारीको दाबी– ‘कुनै अनियमितता भएको छैन, संस्था शुद्धिकरण गर्न सक्रिय...

तरकारी फलफूल सहकारीको दाबी– ‘कुनै अनियमितता भएको छैन, संस्था शुद्धिकरण गर्न सक्रिय छौं’

काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल सहकारी संस्था लिमिटेडले संस्थाभित्र कुनै पनि प्रकृतिको अनियमितता नभएको दाबी गरेको छ ।

हेलोखबरमा सहकारी भित्र अनियमितता देखिएको र सम्पूर्ण अनियमितताको छानबिनका लागि समिति गठन गर्नुपर्नेमा कुनै व्यक्ति विशेषलाई कारबाही गर्ने उद्देश्य राखेर छानबिन समिति बनाएको विषयमा समाचार प्रकाशित भएपछि सहकारीले प्रेस काउन्सिलमा उजुरी दिँदै समाचारको खण्डन गरेको हो ।

खण्डनसँगै समाचार प्रकाशन गर्ने हेलोखबर डटकम र त्यसका सम्पादकलाई कारबाहीको माग समेत गरिएको छ भने आगामी दिनमा समाचार प्रकाशित नगर्न चेतावनी समेत दिइएको छ ।

हेलोखबरले समाचार प्रकाशित गर्नपूर्व सहकारीका अध्यक्ष र सचिवसँग कालिमाटीस्थित एक रेष्टुरेष्टमा भेटेर यस विषयमा बुझेको थियो । सो क्रममा अध्यक्ष राजन पराजुलीले आफूहरु निष्पक्ष रुपमा काम गरिरहेको र संस्थाभित्रको सबै अनियमितताको छानबिन गर्न सचिवको नेतृत्वमा समिति बनाएको बताएका थिए ।

उनै पराजुलीले प्रेस काउन्सिलमा भने सोधपुछ समेत नगरी समाचार प्रकाशित गरेको दाबी गर्दै कारबाहीको समेत माग गरेका हुन् ।

हेर्नुहोस् खण्डन

यो पनि पढ्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।