काठमाडौं २९ वैशाख
आगामी आइतबार हुन गईरहेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा देशका चार महानगरपालिकामा नै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी जिरो हुने अवस्था सिर्जना भएको छ ।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर र पोखरा महानगरपालिकामा साझा प्यानलमा उत्रिएको र काठमाडौं र ललितपुरमा एमाले पहिलो स्थानमा नरहेकाले चार महानगरपालिका मध्ये कुनैमा पनि एमाले राप्रपाको मेयरले जित्न सक्ने अवस्था कठिन हुन थालेको छ ।
भरतपुरमा कांग्रेस नेतृत्वले मेयरबाट उम्मेदवारी फिर्ता लिँदा कांग्रेस कार्यकर्ताले केही असन्तुष्टि देखाउँदा माओवादीका तर्फबाट मेयरमा उम्मेदवार रेणु दाहाल हार्ने र एमाले उम्मेदवारले जित्ने सक्ने आकलन गरिएको थियो । तर, पछिल्लो पटक कांग्रेस कार्यकर्ता नै जसरी पनि गठबन्धन सरकार र दुई पार्टीको साझा उम्मेदवारलाई जसरी पनि जिताउनुपर्छ भनेर लागि परेको पाइएको छ ।
भरतपुर महानगरपालिकामा कांग्रेसका ५० प्रतिशत कार्यकर्ता तथा शुभेच्छुकले मात्र पनि रेणु दाहाललाई भोट हाले जित्ने अवस्था भएपनि अहिले ८५ प्रतिशतले हाल्ने स्थिति आएको कांग्रेस माओवादी नेता कार्यकर्ताले आकलन गरेका छन् । बिहीबार मात्र प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर भरतपुर पुगेर त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै साझा उम्मेदवारलाई जसरी पनि जिताउन कार्यकर्तालाई अपिल गरेका थिए ।
यता, पोखरामा माओवादीले आफ्नो मेयरका उम्मेदवार फिर्ता गराएर कांग्रेसलाई समर्थन गरेसँगै पोखरामा पनि कांग्रेसका उम्मेदवारको जित सुनिश्चित जस्तै बन्न पुगेको छ ।
काठमाडौं महानगरपालिकामा एमाले र राप्रपा संयुक्त रुपमा चुनावमा उत्रिएका छन् । कांग्रेसको राम्रो भोटर रहेको काठमाडौंमा त्रिपक्षीय लडाई हुने र एमालेका उम्मेदवारले माओवादीको उम्मेदवार जति पनि भोट ल्याउन नसक्ने आकलन कांग्रेसले गरेको छ । काठमाडौंमा कांग्रेस पहिलो स्थानमा छ ।
ललितपुरमा माओवादी केन्द्रको स्थिति पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थितिमा आउने अनुमान गरिएको छ । ललितपुरमा कुनै हालत माओवादी केन्द्रले जित्न नसके कांग्रेसले जित्न सक्ने तर एमालेको कठिन रहेको रिपोर्टहरु आएका छन् । तर, पार्टी एकीकरणसँगै ललितपुरमा माओवादीको वर्चस्व पुरानै स्थानमा फर्किएकाले ललितपुरमा माओवादीले नै जित्ने धेरैको आकलन छ ।
यद्यपी, नगर तथा वडाहरुमा साझा तवरबाट प्रतिनिधित्व हुने देखिएको छ ।
Comments