काठमाडौं १९ फागुन ।

थापाथली इन्जिनियरिङ क्याम्पस थापाथलीमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्यानलले जितेको छ ।

बुधबार भएको निर्वाचनको मतगणना अनुसार अखिल क्रान्तिकारीबाट स्ववियु अध्यक्षका उम्मेदवार प्रज्ज्वल खत्री सहितको प्यानल विजयी बनेको हो ।

स्ववियू निर्वाचनमा एक हजार त्रिचालिस मत खसेकोमा क्रान्तिकारीका खत्रीले चार सय एक मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेविसंघका विकास लामाले दुईसय ७३ मत ल्याए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।