काठमाडौं ५ फागुन
महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजानत्त्र पार्टीको अध्यक्षका लागि चुनाव नहुने भएको छ । अध्यक्षमा कमल थापालाई पार्टीभित्र सहमति जुटेसँगै चुनावी भिडन्त टरेको छ ।
अध्यक्षका दावेदार मानिएका अन्य तीन नेताहरु हालका राष्ट्रिय अध्यक्ष डा प्रकाहचन्द्र लोहनी, लोकेन्द्र बहादुर चन्द र पशुपतिशमशेर राणा सर्वसम्मत रुपमै थापालाई अध्यक्ष बनाउन तयार बनेका हुन् ।
महाधिवेशनको दुई दिन अघि नै थापाको नाममा सर्वसम्मति जुटेको हो । अध्यक्षमा सहमति जुटेसँगै अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पनि सर्वसम्मत रुपमा नै चयन गर्ने प्रयास भईरहेको राप्रपाले जनाएको छ । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेसन शुक्रबारदेखि राजधानीमा सुरु हुँदैछ ।