पौष २३ काठमाडौँ
मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामिको  प्रसूति गराउने क्रममा शिशुको हात भाँचिएको छ।  विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले प्रशुती गराउने क्रममा शिशुको हात भाँचिएपछि उनको परिवार चिन्तित बनेको छ । गत पुष ९ गते अस्पतालमा भर्ना भएकी आछामीको १० गते शिशु जन्मिएको थियो । प्रशुतीका क्रममा शिशुको हात भाँचिएपछि अस्पतालले सो समाचार बाहिर सार्वजनिक नगर्न आफुलाई दबाब दिएको उनका परिवारले बताएका छन् । 
प्रशुतीका क्रममा लार्पाबाही गरेको तथा अस्पतालले उपचारको जिम्मा समेत नलिएको उनका ससुरा धनलाल अछामीले बताए । धनलालले हात भाँचिएका बच्चा र सुत्केरीको उपचार नै ठिक नभइकन अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको र पछि उपचारका लागि लैजाँदा बिरामी पनि लिन नमानेको गुनासो गरेका  छन् ।
 आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको उपचार गर्न नसकेको तथा सुत्केरीको समेत अवस्था नाजुक भएको धनलालले बताए । अस्पतालले भने प्रसूतिमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीको नाम सार्वजनिक गर्न अस्विकार गरेको छ। अस्पतालका प्रशासकीय अधिकृत दीपेश राईले प्रसूति गराउँदा शिशुको हात भाँचिएको कुनै जानकारी नभएको बताए। 
अस्पतालले कुनै कमजोरी गरेको जानकारी नभएको राई बताउँछन् ।  राईले अन्जानमा  गल्ति भएको भए पनि बिरामीको उपचारलाई अस्वीकार गर्ने कुरै नभएको बताएका छन्। उनले  बिरामीको उपचारमा अस्पतालले कहिल्यै पनि लापरवाही नगर्ने दाबी गरे।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।