भदौ ३० । संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेमा विवाद बढेर गएको छ । अध्यक्ष केपी ओलीले झलनाथ खनाल तथा माधव कुमार नेपाल पक्षलाई पाखा लगाउन थालेपछि दुई गुटबिच भाडभैलो मच्चिएको छ ।
नेपाल पक्षधर आक्रमक बनेपछि नेपका एमालेको सोमबार बिहान बसेको पदाधिकारी बैठक नै स्थगित हुन पुगेको छ ।
बैठकमा नेपाल पक्षधर उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल र सचिव गोकर्ण विष्ट उपस्थित भएनन्  भने उपस्थित नेपाल, रावलसहितका नेता पनि पार्टी संस्थागत रुपमा नचलेकाले बैठकको अर्थ नभएको भन्दै बाहिरिएका थिए ।
केपी ओली पक्षले खनाल ओली खेमा मन्त्रीलाई हटाउँदै आफू पक्षधर नेतालाई मन्त्री बनाएपछि एमाले भित्र विवाद चुलिएको हो । बैठकमा नेपालले कुन निर्णयका आधारमा मन्त्री हेरफेर गरिएको हो, मन्त्रिपरिषदले मनोनयन गरेका सभासद कसरी छानिए, संविधानसभा र संसदका समितिहरुमा पार्टीको तर्फबाट केका आधारमा सदस्यहरु पठाइयो ? भनेर समीक्षा नगरी अन्य विषयमा छलफल गर्नुको अर्थ छैन भन्दै बाहिरिएका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।