भदौ २९ । भावी संविधानमा देश टुक्रयाउन पाउने अधिकार राख्न माग राखेर तराईमा अभियान चलाउदै आएका डा. सिके राउत पक्राउ परेका छन् ।
सामाजिक सद्भाव विग्रने गतिविधिमा संलग्न भएको भन्दै उनलाई शनिवार दिउँसो मोरङ प्रहरीले पक्राउ गरेको नयाँ पत्रिकाले खबर छापेको छ ।
मोरङको रंगेलीमा स्थानीयलाई जम्मा गरेर राष्ट्रिय एकता विग्रने आसयको भाषण गरिरहेको सूचनाका आधारमा प्रहरीले डा. राउतलाई पक्राउ गरेको स्रोत बताउँछ ।
मोरङ प्रहरीका डीएसपी प्रभु ढकालले राउतलाई पक्राउ गरेको पुष्टी गरे । ‘सामाजिक गतिविधि विगार्ने गतिविधि गरेको सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ उनले भने ।
यसअघि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमार्फत डा. राउतले ‘राज्यसँग छुट्टनि पाउनुपर्ने अधिकार’ आगामी संविधानमा उल्लेख गर्नुपर्ने सुझाव राखेका थिए ।
Comments