भदौ २८ । भारतमा एक नेपालीको हत्या गरिएको छ ।  उत्तर प्रदेश राज्यमा एक नेपाली विद्यार्थीको हत्या भएको हो ।

हापुर जिल्लामा नेपाली विद्यार्थी विशाल शुक्लाको साथीहरुको पिटाईबाट ज्यान गएको आजको अन्नपूर्णमा खबर छ ।

विशाल उत्तरप्रदेशको मोनाद विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङका दोस्रो वर्षका विद्यार्थी थिए।

शुक्ला सर्लाही सिरौत गाविसका बासिन्दा थिए। दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थी भारतमा कति सुरक्षित छन् भन्ने कुरा देखाएको छ। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।