पौष १९, काठमाडौँ
जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) हुँदा चार जना घाइते भएका छन् ।  सामाजिक सञ्जालमा क्याम्पसबारे गरिएको टिप्पणीलाई लिएर दुई विद्यार्थी संगठनका विद्यार्थीबीच विवाद हुँदा  झडप भएको हो । 
घाइते हुनेमा अनेरास्ववियुका किसन घिमिरे, विकलचन्द्र श्रेष्ठ रहेका छन् भने अनेरास्ववियु (क्रान्तिकारी) का श्रीराम आचार्य र नितिलेश अधिकारी रहेका छन् । 
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइते सबैको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।