काठमाडौँ, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हुँदै गएको बताएका छन् । नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा साेमबार आयोजित कार्यक्रममा उनले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानून नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर हिँडिरहेको बताए ।

रौतहटमा भएको डुङ्गा दुर्घटनाको प्रसङ्ग जोड्दै उनले भने, “पाँच वर्षअघि बोलपत्र भएर पनि आजसम्म पुल नबन्दा जिल्लावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, पुल नबनाउने ठेकेदारलाई अब कडा कारवाही गर्नुपर्छ ।” भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचारसम्बन्धी कडा कानून ल्याउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मुलुकमा बलात्कारका घटना बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “बलात्कारीलाई कडाभन्दा कडा कारवाही ष्रिनुपर्छ, उन्मुक्ति दिनु हुँदैन् ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।