काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न माग गरेको छ ।
गत २८ मंसिरदेखि सुरु भएर ८ पुसमा सम्पन्न कांग्रेस महासमितिको बैठकले यस्तो माग गरेको हो । सर्वोच्च अदालतले समेत सरकारका नाममा ओदश जारी गरिसकेको भन्दै मतदानको व्यवस्था गर्न माग गरेको हो ।

‘विदेशमा रहेर पनि देशका लागि ठूलो योगदान पु¥याइरहेका नेपाली नागरिकहरुलाई निर्वाचनमा मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले समेत सरकारका नाममा ओदश जारी गरिसकेको छ । अतः अविलम्व यस सम्बन्धी आवश्यक तयारी गर्न यो बैठक सरकार समक्ष माग गर्दछ ।’ निर्णयको १५ औं नम्बरमा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।