काठमाडौं । आइतबार रातको २ बजेको थियो । सबै जना चिसोको चकमन्न रातमा निन्द्राको दुनियामा थिए । सोही सुनसान रातमा कालिकोटको पलाता गाउँपालिकामा भने निक्कै ठूलो आगलागीको दुर्घटना भएको छ ।
रातीबाट लागेको आगोले पलाता गाँउपालिका–१ खाँडाको न्यौपाने गाउँका ८७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौंको क्षति भएको छ । के कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरी बताउँछ ।
आगलानीबाट धनको मात्र हैन, मानविय रुपमा समेत दर्जन संख्यामा घाइते भएका छन् । आगो निभाउने क्रममा १३ जना घाइते बन्न पुगे ।
घाइतेहरुको आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको स्थानीयले बताएका छन् । अहिले पलाताको न्यौपाने गाउँ निक्कै ठूलो दुर्घटनाको सामना गरिरहेको छ । यो आगलागी नेपालमा यस वर्षकै ठूलो आगलागीको घटना समेत हो ।
भिडियो तल हेर्नुहाेस्
Comments








