काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव नेपाल भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न होटल नगएपछि जयशंकर नभेटी फर्किएका छन् ।

तर प्रोटोकलको बेवास्ता गर्दै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने जयशंकरलाई भेट्न होटल नै पुगे ।
जयशंकरले बिहीबार बिहान ८ बजे नै प्रचण्डलाई भेटका लागि बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए । तर उनले प्रोटोकल नमिल्ने भन्दै जयशंकरलाई निवासमै भेट्न बोलाएका थिए । तर जयशंकर भेट्दै नभेटी फर्किएका छन् । प्रचण्डसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललेसमेत जयशंकरसँग होटलमा गएर भेट गरेनन् । उनलेसमेत जयशंकरलाई भेट गर्न निवासमै बोलाएका थिए ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा। बाबुराम भट्टराईले भने जयशंकरलाई होटलमै गएर भेटेका छन् । जयशंकरले देउवासँग १२ बजे र भट्टराईसँग १ बजे होटलमै भेट गरेका हुन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन् जयशंकर बुधबार नेपाल आएका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । जयशंकर राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए भने प्रधानमन्त्रीलाई भेट्न बुधबार नै बालुवाटार पुगेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।