काठमाडौं । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले केही समयपछि निर्णय सुनाउन लागेको छ ।
आत्महत्या दुरुत्साहनको अभियोगमा प्रहरीले कार्यक्रम प्रस्तो रवी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर हिजो अदालतमा अभियोग दर्ता गरेको थियो ।
हिजो र आज बयान थुनछेक बहसपछि अहिले ६ बजेभित्र आदेश जारी गर्न लागेको हो । धरौटीमा रिहाई, साधारण तारिख वा प्रहरी नियन्त्रणमा रहेर पुर्पक्ष गर्न पाउने मध्ये एक आदेश हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।