काठमाडौं । कार्यक्रम प्रस्तोता रबी लामिछाने रिहा हुन ५ लाख धरौटी तिर्न पर्ने भएको छ । चितवन जिल्ला अदालतले उनलाई ५ लाख धरौटी मागेको हो ।
सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।
आत्महत्या दुरुत्साहनको अभियोगमा प्रहरीले कार्यक्रम प्रस्तो रवी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर हिजो अदालतमा अभियोग दर्ता गरेको थियो । हिजो र आज बयान र थुनछेक बहसपछि अदालतले आज यस्तो आदेश दिएको हो ।
Comments