काठमाडौं । स्वदेशी लघुवित्तले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ४ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र १३.२५ प्रतिशतले हुन आउने ३ करोड ४ लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनको लाभि १.७५ प्रतिशतले हुन आउने ४० लाख २५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।