पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाह ठमेलको क्लबमा यसरी नाचे (भिडियो)

काठमाडौं । कहिले राजनीतिक गतिविधि त कहिले कुनै न कुनै बहानामा चर्चा र विवादमा आइरहने पूर्वराजा ज्ञानेन्द्र शाह फेरि एक पटक चर्चाको सतहमा आएका छन् ।
यस पटकको चर्चाको विषय भने अलिक रमाइलो पनि छ । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेर युवायुवतीसँगै नाचेपछि उनी चर्चामा आएका हुन् ।

परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेर उनले रमाइलो लिएनन् मात्र क्लवमा सहभागीहरुको हात समाउँदै नाचेर धेरैलाई आश्चर्यचकित पारेका थिए ।
उनीसँगै त्यहाँ बुहारी हिमानी शाह र अन्य परिवारका सदस्य पनि त्यहाँ पुगेका थिए । पूर्वराजा शाहले नाच्ने क्रममा बिचैमा कोट फुकालेर फालेको दृश्य समेत देख्न सकिन्छ । उनले त्यहाँ रहँदा सहभागीहरुलाई अंगालो हाल्दै रमाइलो गरेका छन् भने सेल्फी खिच्ने तथा हाँसेर रमाइलो गरेका छन् । बुहारी हिमानी शाह पनि हात उठाएर नाचिरहेको देख्न सकिन्छ । पूर्व युवराज पारस विवादै विवादमा आइरहँदा पूर्वराजा ज्ञानेन्द्र भने क्लबमा बुहारी र अन्य सदस्यसहित पुगेका हुन् ।

उनले रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको अवस्थामा नाचेको पाइएको छ । नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्माका साथै अन्य क्लबमा पुगेका सहभागिताले तस्वीर खिचाएका थिए ।