काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौलाको प्रत्यारोपणका लागि अप्रेशन थिएटरमा प्रवेश गराइएको छ । अब प्रधानमन्त्री ओलीलाई करिब ५ घण्टा शल्यक्रिया कक्षमा मृर्गौलाको शल्यक्रिया गरिनेछ ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई प्रधानमन्त्रीलाई अप्रेशन थिएटरमा लगिएको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
प्रधानमन्त्री ओली प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो । उनलाई गएरातीदेखि नै शल्यक्रियाका लागि भोकै राखिएको थियो भने आवश्यक औषधी दिइएको थियो ।
गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि राम्ररी काम गरेको थिएन । त्यसपछि नियमित डायलसिस गर्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।