![](https://hellokhabar.com/wp-content/uploads/2017/12/poduel.jpg)
तनहुँ, ३ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताएका छन् ।
व्यास नपा–१० को खहरेमा आज आयोजित कार्यक्रममा उनले भने –“निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन्, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु ।”
वरिष्ठ नेता पौडेलले संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्ने कुरै आउँदैन भन्दै राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि जुनसुकै बेला सरकार छाड्ने बताए ।
मुलुकको लथालिङ्ग अवस्थालाई छोडेर प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने बताउँदै उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस आतुरसमेत रहेको धारणा व्यक्त गरे ।
Comments