काठमाडौं १९ वैशाख । नेपालमा पुनः दुई जिल्लामा एक/एक जनामा कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ५९ पुगेको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किइसकेका छन् ।
रुपन्देहीका २५ वर्षीय पुरुष भारत हुँदै नेपाल आएको बताइएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Comments




