काठमाडौं २२ वैशाख । शिक्षा मन्त्रालयले देशभरका कुनै पनि विद्यालयलाई कुनै पनि कक्षामा भर्ना नलिन निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।