काठमाडौं । सरकारले २ लाखलाई रोजगारी दिने गरी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा २ लाख रोजगारी सिर्जना गर्ने भएको हो ।
आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले २ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
यस्तै इन्टर्न गरेकालाई रोजगारी दिए तीन महिनासम्म आधारभूत तलबको आधा अनुदान सरकारले दिने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले बताए । यसबाट ५० हजार रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । सरकारले स्टार्टअप फन्डका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
याे पनि पढ्नुहाेस्:
सरकारद्धारा सबै सुरक्षा भत्ताको निरन्तरता, ६७ अर्ब ५० करोड विनियोजन
स्वास्थ्य मन्त्रालयको बजेट ३८ अर्बले वृद्धि, ९० अर्ब ६९ करोड बजेट विनियोजन