काठमाडौं । अब १० युनिटसम्म खपत गर्नेले निःशुल्क विद्युत पाउने भएका छन् । सरकारले १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिने घोषणा गरेको हो ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमा उक्त सीमासम्म विद्युत् खपत गर्नेलाई निशुल्क विद्युत् दिने बताएका हुन् ।

मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा समेत गरेका छन् ।

त्यस्तै खानेपानी आयोजनालाई विद्युत् शुल्क मिनाह गर्ने र विद्युत महशुलमा छुट दिने घोषणा गरेका छन् । लकडाउन अवधिभर उद्योग व्यवसायको विद्युत हशुलमा डिमाण्ड चार्ज पनि लिइने छैन ।

याे पनि पढ्नुहाेस्:

सरकारद्धारा सबै सुरक्षा भत्ताको निरन्तरता, ६७ अर्ब ५० करोड विनियोजन

स्वास्थ्य मन्त्रालयको बजेट ३८ अर्बले वृद्धि, ९० अर्ब ६९ करोड बजेट विनियोजन

सरकारले २ लाखलाई रोजगारी दिने, ११ अर्ब ६० करोड विनियोजन

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।