काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाली भूमि लिपुलेकलगायतको नक्सा भारतसँग सोधेर मात्र पास गर्नुपर्ने बताएपछि उनको अहिले नेपालमा चौतर्फी विरोध भइरहेको छ ।

भारत माइती घर भएर नेपालमा बिहे गरेकी उनै सांसद गिरीले बुधबार भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएको परिमार्जित नक्सा संविधानमा समेट्न सरकारले गरेको संविधान संशोधन खारेज गर्न माग गर्दै संशोधन दर्ता गरेपछि झनै उनको विरोध बढेर गएको छ ।

सांसद गिरीले अहिले सरकारले ल्याएको नक्सा खारेज हुनुपर्छ भन्ने माग गर्दै संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेपछि उनकै दल समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

सांसद गिरीको क्रियाकलापको कारण उनको घरमा कालोझण्डा समेत गाडिएको छ ।

यसैबीच, एक युवाले भने टेलिभिजनमा सरिता गिरीको अन्तर्वार्ता आउन थालेपछि आक्रोशित भई टेलिभिजन सेट नै फुटाईदिएका छन् ।

सरिता गिरीले सञ्चारकर्मी ऋषि धमालासँगको अन्तर्वार्तामा लिम्पियाधुरा नेपालको भाग हो भन्ने स्वीकार गर्दिन भनेकी छिन् । त्यो अभिव्यक्ति सुनेर ती युवकले टिभीमा सुरुमा चप्पल जस्तै सामग्रीले हानेका छन् । लगत्तै भुईबाट अर्को दरिलो सामाग्री टिपेर उनले टेलिभिजनलाई फुटाई दिएका छन् । उक्त फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।