ओलीको प्रचण्डलाई नै प्रश्न, ‘तपाई मसँग रहने हो की, माधव जीसँग ?’

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कित्ताकाट गर्न भनेको बुझिएको छ ।

बालुवाटारमा शुक्रबार भएको भेटमा प्रचण्डले कार्यकर्ता र जनताको भावना भनेको पार्टी एकता भएको भन्दै त्यसका लागि अहिलेसम्म जे जति त्याग भएको छ त्यो आफूबाट मात्र भएको भन्दै तपाईले के त्याग गर्नु भयो भनेर प्रश्न गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले त्याग र पार्टी एकताको विषयलाई छाडेर सयौं स्टेप अघि सर्दै प्रचण्डलाई उल्टो प्रश्न गरें, ‘अन्य च्याप्टर सबै बन्द भइसक्यो । अब प्रधानमन्त्री र अध्यक्षको कुरो रह्यो । पार्टी लगभग फुटेको अवस्थामा पुग्यो । बरु हामी सँगै जाने कि तपाईं माधव नेपालसँग जानुहुन्छ ?’

प्रचण्डले सोच्दै नसोचेको कुरा प्रधानमन्त्री ओलीबाट आएपछि प्रचण्ड चकित बनेका थिए । प्रचण्डले भेटमा पुनः एकतापछि चाहेको भए आफू प्रधानमन्त्री समेत हुने भन्दै अहिलेको अवसर ठूलो त्याग, बलिदान र कार्यकर्ताको भावनासँग जोडिएकाले आफूले पार्टी एकता गरेको भन्दै यस्तो अवस्थामा तपाईंले पार्टी एकताको मर्म र भावनाविपरित दायाँ बायाँ गर्न नपाउने बताएका थिए ।

प्रचण्डले त्यति भनेपछि ओलीले पुनः आफू प्रधानमन्त्री र अध्यक्ष कुनैबाट पनि राजीनामा नदिने पुरानै अडान दोहोर्याएका थिए । यसरी दुई अध्यक्षबीच नै अहिले पनि कुनै सहमति हुने देखिएको छ । नेकपाभित्रको विवाद भने उत्कर्षमा पुगेको छ ।

Comments
spot_img

More like this

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण...

पूर्णबहादुर खड्कालाई कारबाही गर्दै कांग्रेस, सोधियो सात दिने स्पष्टिकरण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई कारबाही थालिएको छ । पार्टीले उनलाई सात दिने स्पष्टीकरण...

कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज...