काठमाडौ. । पछिल्लो २४ घन्टामा ७० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७० संक्रमित थपिएको जानकारी दिए ।
शनिबार थपिएका संक्रमितहरुमा झापा २, सिराह १, सुनसरी ४, उदयपुर ४, मोरङ ३, धादिङ ३, काठमाडौं ३, नुवाकोट १, सर्लाही ३, सिन्धुपाल्चोक ३, चितवन १ जना रहेका छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
Comments







