काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य दिन दिनै उकालो चढ्दै नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार पनि सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।
आइतबार सुनको मूल्य प्रति तोलामा ५०० रुपैयाँले बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । शुक्रबार छापावाल सुन प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार ८६० रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले बढेर प्रति तोला १ हजार १ सय ५५ रुपैया पुगेको छ । शुक्रबार ११५० रुपैयाँमा कारोबार भएको थियो ।