काठमाडौँ । संघीय राजधानी अर्थात काठमाडौं उपत्यकामा आइबार आजसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १७२ संक्रमित देखिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक अपडेटमा तीन जिल्लाका १७२ जनामा संक्रमण देखिएको बताएका हुन् । काठमाडौं उपत्यका पछिल्ला दिनमा लगातार एक सय भन्दा बढी कोरोना संक्रमित थपिदैं आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।