काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनासहित ८१८ संक्रमित थपिएका हुन् । आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।
Comments







