काठमाडौं । चीनले बनाएको खोपको मूल्य तोकिएको छ । बिबिसीका अनुसार सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ ।

अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोनाभाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा गरिरहेको छ ।

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ मध्ये आधा खोप चिनियाँ रहेको बताइएको । विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो।

तर, चीनले आफ्नो मूलुकमा कोरोना नियन्त्रण गरिसकेकाले परीक्षण भने आफ्नो मुलुकमा गर्न नमिल्ने अवस्था रहेको छ ।

चीनले अफ्रिका र छिमेकी राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने सङ्केत दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।