काठमाडौं । नेपालमा विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि विद्यासुन्दर पनि अस्पताल पुगेका थिए । श्रीमतीको ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउँदा उनले पनि आफ्नो पीसीआर परीक्षणका लागि स्वाब दिँदा रिपोर्ट पोजेटिभ आएको हो । मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको छ ।
कोरोना पुष्टि भएका मेयर शाक्यलाई कुनै लक्षण भने देखिएको छैन । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान आग्रह पनि गरेका छन् ।
Comments







