काठमाडौं । नेपालमा मंगलबार पनि सुनको भाउ बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । *सच्याइएकाे
Comments







