काठमाडौं । काठमाडौं उपत्यकामा अब फेरि निषेधाज्ञा लगाउने कि नलगाउने भन्ने विषय गृह मन्त्रालयको काँधमा पुगेको छ ।
सरकारले यसअघि प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई संक्रमणको अवस्था हेरेर निषेधाज्ञा लगाउने जिम्मेवारी दिएको थियो ।
त्यस लगत्तै उपत्यकाका दिन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरका सिडिओहरुको बैठकले उपत्यकामा एक साता निषेधाज्ञा लगाए । एक सातापछि पुनः थप एक साता निषेधाज्ञा लगाइएको छ । उक्त निषेधाज्ञा भोलि रातीदेखि सकिदैंछ ।
यता सिडिओहरुले भने सुझावसहित गृह मन्त्रालयलाई निर्णय गर्न अनुरोध गर्ने भएका छन् । अब गृहको निर्देशन अनुसार उपत्यकामा थप निषेधाज्ञा हुने किन नहुने भन्ने विषयको टुंगो लाग्ने सम्भावना छ । सर्वसाधरणले भने निषेधाज्ञाको विरोध गर्दै आएका छन् ।
Comments







