काठमाडौं । नेपाल बजारमा आज (बुधबार) ह्वात्तै सुनको भाउ घटेको छ । विगतका दुई दिन सामान्य रुपमा उकालो चढ्दै गरेको सुनको भूल्य आज भने घटेको हो ।

आज (बुधबार) सुनको भाउ प्रतितोला १२ सय रुपैयाँ घटेको हाे । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । यस दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।