काठमाडौं । ७० करोड काण्डको नामबाट परिचित सेक्युरिटी प्रेस खरिद प्रकरणसँग जोडिएका विजयप्रकाश मिश्रलाई अख्तियारले एक साताभित्र कार्यालयमा उपस्थित हुन अल्टिमेटम दिएको छ ।
अख्तियारले केही कुरा सोध्नपर्ने कारणसहित पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने भनिएका मिश्रलाई एक साताभित्र आयोगको प्रहरी महाशाखाका अनुसन्धान अधिकृतसमक्ष उपस्थित हुन सार्वजनिक सूचना निकालेको हो ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । कानुनतः घुस लिने र दिने दुवै दोषी मानिनेछन् । उक्त काण्डको छानबिन भने जारी रहेको छ ।
Comments